नेपाल टेलिकमको होली अफर अन्तर्गत ६९ रुपैयाँमा एक दिने अनलिमिटेड डाटा

२ चैत्र २०७८, बुधबार १७:४७

काठमाडौं । नेपाल टेलिकमले होली अफर सार्वजनिक गरेको छ । टेलिकमले बुधबार एक विज्ञप्ति मार्फत अनलिमिटेड डाटासहितको फागु अफ उपलब्ध गराएको जनाएको छ ।

यो अफर चैत ३ गतेदेखि चैत १७ गतेसम्म लागु हुने छ । उक्त सार्वजनिक अफर अन्तर्गत ६९ रुपैयाँमा एक एमबिपिएस अनलिमिटेड डाटा २४ घण्टा, ९८ रुपैयाँमा ६ जीबि डाटा ३ दिनका लागि र २९४ रुपैयाँमा २० जीबि डाटा १० दिनका लागि उपलब्ध हुनेछ ।

एस्ट्रिक १४१५ एस्ट्रिक ११ ह्यास डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*