एनएलजी इन्स्योरेन्स र गरिमा विकास बैंकको शेयरमूल्य समायोजन, आईतबार कतिमा खुल्ला त कारोबार ?

२ चैत्र २०७८, बुधबार १७:३०

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड र गरिमा विकास बैंक लिमिटेडले बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै आज नेप्सेले यी दुवै कम्पनीको शेयरमूल्य समायोजन गरेको हो ।

एनएलजी इन्स्योरेन्सको १० प्रतिशत बोनस शेयर वितरण र गरिमा विकास बैंकको १६ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज भएसँगै आज नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।

एनएलजीको आज कारोबार बन्द हुनुभन्दा अघि कायम ८७९ रुपैयाँका आधारमा र गरिमा विकास बैंकको ५८८ रुपैयाँका आधारमा बोनस शेयर वितरणपछिको शेयरमूल्य एनएलजीको ७९९ रुपैयाँ ९ पैसा र गरिमाको ४८१ रुपैयाँ ३ पैसा कायम गरेको छ ।

चैत ३ गते फागुपूर्णिमा परेको हुनाले अब चैत ६ गते आइतबार सोही मूल्यका आधारमा नै यी दुई कम्पनीको कारोबार खुल्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*