बेस्ट फाइनान्सको २५ औं साधारण सभा शुक्रबार हुदै, यस्ता छन् एजेण्डा
काठमाडौं । बेस्ट फाइनान्स कम्पनी लिमिटेडको २५ औं वार्षिक साधारण सभा शुक्रबार (चैत ४ गते) बस्दैछ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा बिहान ११ः३० बजे बस्ने गरी बोलाएको हो ।
सभाले गत आर्थिक वर्षको संचालन समितिको प्रतिवेदन र वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । उक्त सभामा अन्य बैंक तथा वित्तीय संस्थासँग मर्ज वा एक्वायर हुनु परेमा त्यसको सम्पूर्ण जिम्मेवारीका साथै कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव कार्यसूचिमा रहेको छ ।
साधारण सभाका लागि कम्पनीले फागुन २० गते एक दिनका लागि बुक क्लोज गरको हुदाँ फागुन १९ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन पाउनेछन् ।