बीमा समितिबाट लिईन् नेशनल लाइफ इन्स्योरेन्सकी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले पद तथा गोपनियताको शपथ

२ चैत्र २०७८, बुधबार १६:५१

काठमाडौं । बीमा समितिबाट नेशनल लाइफ इन्स्योरेन्सकी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंह पद तथा गोपनियताको शपथ लिएकि छिन् ।कम्पनीका अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले बीमा समितिको अध्यक्ष सूर्य प्रसाद सिलवालबट पद तथा गोपनियताको शपथ लिएकी हुन् ।

कम्पनीको फागुन २९ मा भएको ३३ औं वार्षिक साधारण सभाबाट कम्पनीको संचालक समितिको पूर्नगठन भई सिंह संचालक समितिको अध्यक्षमा सर्व सम्मतिवाट पूर्ननिर्वाचित भएकी हुन् ।
बीमा क्षेत्रमा उनी एक मात्र महिला अध्यक्ष हुन् । उनको कार्यकालमा सफल नेत्तृव भएको कारण संचालक समितिको बैठकले उनलाई नै पुन नियुक्त गरेको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*