नेपाल टेलिकमसहित यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । साताको चौथो दिन शेयरबजार दोहोरो अंकले घट्न पुगेको छ । यस साताको पहिलो दिन नै आश्चर्यजनक रुपमा शतप्रतिशतले बढेको शेयरबजार आज १९ अंकले घट्न पुगेको छ ।
नेप्सेमा सूचीकृत २३१ कम्पनीको ४९ लाख ६७ हजार ४३१ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ५७ करोड ४ लाख १ हजार १८८ रुपैयाँको कारोबार भएको छ ।
शेयर बजार घटेसँगै लगानीकर्ताहरुमा ‘एक्साइटमेन्ट’ घट्दै गइरहेको छ । धितोपत्र दोस्रो बजारमा १२ लाख हाराहारीमा कारोबार गर्ने लगानीकर्ताको संख्या भएतापनि पछिल्लो केही दिनयता खासै उत्साहजनक कारोबार हुन सकेको छैन । कारोबार रकम ३।४ अर्बसम्ममा सीमित हुन पुगेको छ ।
आज २ अर्बमाथिको कारोबार हुँदा सर्वाधिक नेपाल टेलिकमको भएको छ । कम्पनीको आज एकैदिन १६ करोड ३६ लाख १ हजार १८१ रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै, गरिमा विकास बैंकको १२ करोड २४ लाख, अपि पावरको १० करोड ७८ लाख, नेपाल लाइफ इन्स्योरेन्सको ८ करोड ४४ लाख र हिमालयन डिस्टिलरीको ७ करोड ४६ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।