इर्मजिङ पावरको शेयरमा सर्किट, आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए
२ चैत्र २०७८, बुधबार १५:१२
काठमाडौं । साताको चौथो दिन नेप्से ओरालो लागेको छ । हिजो १७ अकंले घटेको नेप्से आज पनि १९.५५ अकंले घटेको हो ।
पूँजी बजारमा आज नेप्सेमा सूचिकृत २३१ कम्पनीको ४९ लाख ६७ हजार ४७१ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब ५७ करोड ४ लाख १ हजार १८८ रुपैयाँको कारोबार भएको छ ।
आज नेप्सेमा ओरालो लाग्दा कारोबार समेत २ अर्ब ५७ करोड रुपैयाँमा सिमित भएको हो । बुधबार इर्मजिङ नेपालको शेयरमा सर्किट लागको छ ।
त्यस्तै, मैलुङ खोला जलविद्युतको ६.१३ प्रतिशत, सोल्टी होटलको ४.२२ प्रतिशत, ओरियन्टल होटेलको ३.०२ प्रतिशत, नेपाल फाइनान्सको २.८४ प्रतिशत, तारागाँउ रिजेन्सीको २.६५ प्रतिशत र अजोड इन्स्योरेन्सको २.३९ प्रतिशतले बढेको हो ।