अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट निर्माणको गृहकार्य अघि बढ्यो, लेखन समिति गठन

२ चैत्र २०७८, बुधबार १२:५२

काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणको गृहकार्य अघि बढाएको छ। मन्त्रालयल ले सरोकारवालाहसँग अन्तरक्रिया गर्दै बजेट निर्माणको गृहकार्य अघि बढाएको हो।अर्थसचिव मधुकुमार मरासिनीले बजेट निर्माणको काम सुरु भएको सन्देश दिन छलफल गरिएको जानकारी दिएको छ। ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आवको बजेटमा कृषिमा अनुदान होइन, किसानलाई प्रोत्साहनको नीति लिइनेछ। यसका लागि कस्तो नीति, कार्यक्रम र बजेट बनाउँदा ठीक होला भनेर सुझाव लिन कृषि कार्यक्रम राखिएको कार्यक्रममा बताए ।

कृषिमा पर्याप्त बजेट विनियोजन हुने भए पनि किसान तहसम्म पुगेर कार्यान्वयन नहुँदा समस्या आएको शर्माको भनाइ थियो। सरकारी संयन्त्रले बजेट कार्यान्वयन गर्न समेत चुकेको भन्ने आफ्नो भनाइ पुष्टि गर्न उदाहरण दिँदै उनले भने, ‘कृषि बीमा गर्नेलाई प्रिमियममा ८० प्रतिशत अनुदान दिने नीति र कार्यक्रमअनुसार बजेटसमेत विनियोजन भएको छ तर धेरै किसानलाई भेट्दा यस्तो नीति नै थाहा नभएको र लाभसमेत नपाएको गुनासो सुनेको छु।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*