बैंक अफ काठमाण्डूले हेरफेर नेपालको सहकार्यमा वित्तीय साक्षरता कार्यक्रम गर्ने

२ चैत्र २०७८, बुधबार ११:११

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले हेरफेर नेपालसँग सम्झौता गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न ग्रामिण क्षेत्रहरुमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमहरु संचालन गर्नका लागि हेरफेर नेपालसँग समझदारी गरेको हो ।

उक्त सम्झौतापत्रमा बैंकका प्रमुख संस्थागत निक्षेप दिलिप पोखरेल र हेरफेर नेपालका प्रमुख डा. शुभनाथ महतोले हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार बैंकले ग्रामिण क्षेत्रहरुमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमरु संचालन गर्नका लागि विभिन्न सन्दर्भ सामाग्री निर्माण गरी सो कार्यक्रमलाई प्रभावकारी गराउन हेरफेर नेपालको सहयोग रहेनछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*