एक लाख जनालाई खुल्यो म्यादी प्रहरीमा रोजगारीको अवसर

२ चैत्र २०७८, बुधबार १०:४४

काठमाडौं । प्रहरी प्रधान कार्यालयले म्यादी प्रहरी माग गरेको छ । स्थानिय तह निर्वाचन २०७९ को लागि १ लाख म्यादी प्रहरी मागेको हो ।

१८ वर्ष पुरा भई ५४ वर्ष ननाघेको साधारण लेखपढ गर्न सक्ने कुनै पाटीको सदस्य नभएको नेपाली नागरिक माग गरेको हो । सुरक्षा निकायमा २०७८ साउन १ गतेदेखि विभिन्न पदमा भर्नाको लागि आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तिर्ण भएको तथा विगतका निर्वाचनामा म्यादी प्रहरीको रुपमा कार्य गरेका ब्यक्तिलाई विशेष प्राथमिकता दिने प्रहरीले जनाएको छ ।

साथै ४० दिन निर्वाचनमा खटिने म्यादी प्रहरीको जवान सरह (आधारभुत तलब २२ हजार ६८० रुपैयाँ) बढीमा ४० दिन सम्मको लागि ब्यक्तिगत रकम जम्मा गरिदिने गरी जम्मा तलब ३० हजार २४० रुपैयाँ खाद्यान्न वापत प्रतिब्यक्ति एकमुष्ठ ७ हजार २ सय र पोशाक तथा अन्य सामान खरिद गर्ने प्रतिब्यक्ति ६ हजारका दरले उपलब्ध गराउनेछ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी चैत ६ गतदेखि चैत ११ गतेसम्म आवेदन दिन सक्नेछन् । नेपाल सरकारले तोके बमोजिम बीमा समेत रहेको प्रहरीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*