ग्लोबल आइएमई बैंकको एटिएम ३० घण्टा नचल्ने, यस्तो छ कारण
१ चैत्र २०७८, मंगलवार १८:०३
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका एसीटी युपीआइ कार्डबाट हुने कारोबार तथा एटिएम एक दिनका लागि नचल्ने भएका छन् ।
कम्पनीको स्विचिङ सिस्टम अपग्रेड गर्नुपर्ने भएकाले चैत २ गते बुधबार बिहान ००ः०५ बजेदेखि चैत ३ गते बिहिबार ६ बजेसम्म संस्थाका आवद्ध बैंक तथा वित्तीय संस्थाहरुद्धारा संचालनमा रहेका एसीटी युपीआई कार्डबाट हुने सम्पूर्ण कारोबारहरु तथा एटिएम सेवा बन्द हुने भएका हुन ।