एनएलजी इन्स्योरेन्स र गरिमा विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

२ चैत्र २०७८, बुधबार ०५:४५

काठमाडौं । दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज (चैत २) गते अन्तिम दिन रहेको छ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड र गरिमा विकास बैंक लिमिटेड चैत ६ गते एक दिनका लागि शेयरधनी दर्ता पुस्तिका (बुकक्लोज) गर्ने भएसँगै आजसम्म कायम शेयरधनीहरुले मात्र प्रस्तावित लाभांश पाउनेछन् ।

फागुन ३ गते बिहिबार फागुपूर्णिमा होली र फागुन ४ र ५ गते शुक्रबार र शनिबार रहेको हुँदा नेप्से बन्द रहनेछ । यसअनुसार यी दुई कम्पनीको लाभांश पाउन आजसम्म कारोबार भई कायम रहनुपर्दछ ।

एनएलजी इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव पारितका लागि कम्पनीले चैत १७ गते अम्रपाली ब्याङक्वेंट थिरबम सडक बालुवाटार काठमाडौंमा बिहान १०ः३० बजे बस्ने गरी १६ औं वार्षिक साधारण सभा बोलाएको छ ।

त्यस्तै, गरिमा विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुले शेयरधनीहरुलाई १६ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव पारितका लागि कम्पनीले १५ औं वार्षिक साधारण सभा चैत १८ गतेका कास्की जिल्लाको पोखरास्थित होटल पोखरा ग्राण्ड बिरौटामा बिहान १०ः३० बजे बस्ने गरी बोलाएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*