४०% लाभांश घोषणा गरेसँगै एनटिसिमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार हुने कम्पनी

१ चैत्र २०७८, मंगलवार १५:२०

काठमाडौ । सोमबार टिएमएसमा समस्या आएको कारण १२ बजेर ५३ मिनेटपछि कारोबार हुन सकेन । ब्रोकर डाटा सेन्टरको समस्याका कारण नेप्सेमा सो समयपश्चात कारोबार नहुँदा झिनो अंकले बृद्धि भएर कारोबार बन्द हुन पुगेको थियो ।

आज नेप्से परिसूचक १७ अंकले घट्न पुगेको छ । नेप्सेमा सूचीकृत २२९ कम्पनीको ६५ लाख २९ हजार २६ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ३६ करोड ४२ लाख २९ हजार १७५ रुपैयाँको कारोबार भएको छ ।

नेप्सेमा समस्या आएका कारण आइतबारको नेप्से सूचकले देखाएको लगानीकर्ताहरुको उत्साह फेरी घटेको छ । जसकारण कारोबार रकम घट्न पुगेको छ । ३ अर्बमाथिको कारोबार हुँदा आज सर्वाधिक कारोबार नेपाल टेलिकमको भएको छ । टेलिकमले आजै ४० प्रतिशत लाभांश घोषणा गरेसँगै लगानीकर्ताहरु सो कम्पनीमा झुम्मिएका हुन् ।

एनटिसिको आज सर्वाधिक ३४ करोड २३ लाख ५७ हजार १९४ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, अपि पावर कम्पनीको १२ करोड २० लाख, नेपाल लाइफ इन्स्योरेन्सको ११ करोड ८४ लाख, नेपाल पुनर्बीमा कम्पनीको १० करोड ९१ लाख र शिवम् सिमेन्ट्सको ९ करोड १४ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*