१७ अंकले घट्यो शेयरबजार, ३ अर्बमाथिको कारोबार हुँदा बीमा कम्पनीमा लगानीकर्ताको आकर्षण
१ चैत्र २०७८, मंगलवार १५:०९
काठमाडौ । साताको तेस्रो दिन नेप्से परिसूचक १७.१५ अंकले घट्न पुगेको छ । साताको पहिलो दिन नै शतप्रतिशतले बढ्न पुगेको शेयरबजारमा सोमबार ब्रोकर डाटा सेन्टरको समस्याको कारण १२ बजेर ५३ मिनेटपछि कारोबार हुन सकेन ।
आज नेप्से परिसूचक १७.१५अंक अर्थात् शुन्य दशमलव ६४ प्रतिशतले घटेर २६५० विन्दुमा पुगको छ । नेप्सेमा सूचीकृत २२९ कम्पनीको ६५ लाख २९ हजार २६ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ३६ करोड ४२ लाख २९ हजार १७५ रुपैयाँको कारोबार भएको छ ।
नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ४ समूह बाहेकका सबै समूह राताम्य भएका छन् । आज होटल तथा पर्यटन समूह, निर्जीबन बीमा समूह, जीवन बीमा समूह र म्युचुअल फण्ड समूहमा हरियाली छाएको छ भने सर्वाधिक उत्पादन तथा प्रशोधन समूहको १०४ रुपैयाँले घट्न पुगेको छ ।