३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासनका लागि नेपाल एसबिआई बैंकले दियो बोर्डमा आवेदन

१ चैत्र २०७८, मंगलवार १४:१८

काठमाडौं । नेपाल एसबिआई बैंकले ऋणपत्र निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले फागुन १६ गते ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासनका लागि बोर्डमा आवेदन दिएको हो ।

कुल ३० लाख कित्तामा १२ लाख कित्ता सर्वसाधारण र १८ लाख कित्ता ऋणपत्र ब्यक्तिगत तबरबाट बिक्री गर्ने लागेको हो । कम्पनीले आगामी ५ वर्षको वार्षिक ९ दशमलव २५ प्रतिशत ब्याजदरमा नेपाल एसबिआई बैंक डिबेञ्चर २०८३ नामक ऋणपत्र निष्कासन गर्नका लागि निवेदन दिएको हो ।

कम्पनीको बिक्री प्रबन्धकका रुपमा सानिमा क्यापिटल रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*