एनएलजी इन्स्योरेन्सको १० प्रतिशत लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम दिन

१ चैत्र २०७८, मंगलवार १३:४९

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने बुधबार (चैत २ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि चैत ६ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको हो ।

बिहिबार र शुक्रबार सार्वजनिक बिदा र शनिबार परेकाले बुधबारसम्म कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्ने सक्नेछन् । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव पारितका लागि कम्पनीले चैत १७ गते अम्रपाली ब्याङक्वेंट थिरबम सडक बालुवाटार काठमाडौंमा बिहान १०ः३० बजे बस्ने गरी १६ औं वार्षिक साधारण सभा बोलाएको छ ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने कार्यसूचि रहेको छ । साथै सर्वसाधारण लगानीकर्ताबाट प्रतिनिधित्व गर्ने २ जना संचालक नियुक्ति गर्ने कार्य सूचि समेत सभामा रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*