सिउरी न्यादी पावरको साधारण सभा चैत २१ गते, यस्ता छन् एजेण्डा
१ चैत्र २०७८, मंगलवार १२:४७
काठमाडौं । सिउरी न्यादी पावर लिमिटेडको पाँचौ वार्षिक साधारण सभा चैत २१ गतेका लागि बोलाएको छ । कम्पनीको सभा युनियन हाउस अनामनगर काठमाडौंमा बिहान १० बजे बस्ने गरी आव्हान गरेको हो ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने कार्यसूचि रहेको छ ।
साथै कम्पनीको प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने, पूँजी वृद्धि गर्ने, संचालक समितिबाट भए गरेका निर्णय, काम कारबाही अनुमोदन गर्ने र संचालकको नियुक्ति अनुमोदन गर्ने पनि सभाको कार्यसूचिमा समेटिएको छ ।