चैत महिनाको पहिलो दिन सुन तोलामा १८ सय रुपैयाँले घट्यो

१ चैत्र २०७८, मंगलवार ११:०९

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । सुन आज तोलामा १ हजार ८ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख २ हजार ३ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख १ हजार ८ सय रुपैयाँ कायम गरिएको थियो ।

त्यस्तै, सोमबार प्रतितोला १ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको चाँदी मंगलबार भने तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*