नेशनल हाईड्रोपावरको स्थगित साधारण सभा चैत ११ गते हुने

१ चैत्र २०७८, मंगलवार १०:५६

काठमाडौं । नेशनल हाईड्रोपावर कम्पनी लिमिटेडले २५औैं वार्षिक साधारण सभा पुनः आव्हान गरेको छ । यस अघि कम्पनीको फागुन ३० गते हुने भनिएको साधारण सभामा शेयरधनीको आवश्यक संख्या नपुगेपछि स्थगित भएको थियो ।

कम्पनीले एक सूचना प्रकाशित गर्दै स्थगित साधारण सभा चैत ११ गते बिहान १ बजे डेलिश ओपेरा रेष्ट्रो एण्ड बैंक्वेट बालुवाटार काठमाडौंमा बस्ने गरी बोलाएको छ ।

उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १८.५२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.९७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने कार्य सूचि रहेको थियो । यसका साथै बोनस शेयर वितरणपछि कायम हुने चूक्तापूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव गर्नेछ ।

साथै सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्न र चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ । संचालक समितिमा ७ जना संचालनको निर्वाचन गर्ने योजना रहेको छ ।

साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले फागुन १३ गते बुक क्लोज गरेको हुदाँ फागुन १२ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*