शिखर इन्स्यारेन्सको हकप्रद आजदेखि बिक्री खुल्ला, क–कसले पाउछ आवेदन दिन ?

१ चैत्र २०७८, मंगलवार ०९:३०

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिलिमटेडको हकप्रद शेयर आज (चैत १ गते) देखि निष्काशन तथा बिक्री खुल्ला भएको छ । कम्पनीले ३० प्रतिशत अर्थात् १ः०.३ अनुपातमा १ सय रुपैयाँ अंकित दरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद शेयर निष्कासन गरेको हो ।

उक्त हकप्रद शेयरमा चैत १ गतेदेखि चैत २१ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि माघ २१ गते बुक क्लोज गरेको हुदाँ माघ २० गतेसम्म कायम शेयरधनीहरुले मात्र हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।

कम्पनीको हकप्रद बिक्री प्रबन्धकका रुपमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । साथै, आवेदकले मेरो शेयर सफ्टवेयर मार्फत हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।

हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ७५ करोड रुपैयाँ रहेको छ । यो हकप्रद शेयर निष्कासन बाँडफाँड पश्चात पूँजी २ अर्ब २८ करोड रुपैयाँ पुग्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*