१५ अर्ब रुपैयाँले बढ्यो वाणिज्य बैंकहरुको निक्षेप, सीडी रेसियोमा सुुधार

१ चैत्र २०७८, मंगलवार ०६:३१

काठमाडौं । वाणिज्य बैंकहरुले एक महिनाको अवधिमा निक्षेप वृद्धिमा सुधार आउदै गएको छ। वाणिज्य बैंकहरुले एक महिनामा १५ अर्ब रुपैयाँले निक्षेप बढाएका छन् । गत माघ महिनाको अन्तिमसम्म कुल ४३ खर्ब ११ अर्ब रुपैयाँ रहेको बैंकहरुको निक्षेप फागुनको अन्तिमसम्म कुल ४३ खर्ब २६ अर्ब रुपैयाँ पुरउन सफल भएका छन्।

बैंकहरुले माघ मसान्तको तुलनामा फागुनको पहिलो सातामा १ अर्ब, दोस्रो सातामा २ अर्ब तेस्रो सातामा १३ अर्ब रुपैयाँले निक्षेप बढाएका थिए भने चौथो अर्थात फागुनको अन्तिम सातामा कुल १५ अर्ब रुपैयाँले निक्षेप बढाएका हुन् ।
यस्तै, बैंकहरुले कर्जा प्रवाह पनि निरन्तर बढाएका छन् । एक महिनामा बैंकहरुले कर्जा पनि १४ अर्ब रुपैयाँले वृद्धि गरेका छन् । फागुन महिनासम्म बैंकहरुले कुल ४१ खर्ब ६९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
बैंकहरुको सीडी रेसियो भने गत साताको तुलनामा बढेको छ । गत साता ९०.८० प्रतिशत रहेको सीडी रेसियो फागुनको चौथो सातामा ९१.०८ प्रतिशत कायम भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*