बीमा समितिका संचालक रिजालको संयोजकत्वमा बनेको कार्यदलले पुँजिवृद्धि सम्बन्धी अध्ययन गर्दै

३० फाल्गुन २०७८, सोमबार १८:१७

काठमाडौं । बीमा समितिले पुँजिवृद्धिको लागि बनाएको कार्यदलले हाल अध्ययन गरिरहेको छ। हाल बीमा कम्पनीहरुको पुँजी बढाउनु आवश्यक छ वा छैन, बढाए कति बढाउने, कुन मोडेलमा बढाउने भन्ने विषयमा अध्ययन गर्न एक कार्यदल गठन गरेको टोलीले हाल उक्त बिषयमा अध्ययन गरिरहेका छन् ।

बीमा समितिको केही समयअघि बसेको संचालक समितिको बैडकले दिएको संचालक सन्तोष रिजालको संयोजकत्वमा बनेको कार्यदल गठनले हाल यसै बिषयमा अध्ययन गर्ने अनुमति दिएसँगै हाल यस बिषयमा अध्ययन भईरहेको छ। सो कार्यदलले हाल संचालनमा रहेका कायम पुँजीले व्यापारको दायरा बढाउन कत्तिको सहज छ वा छैन भनेर अध्ययन पश्चात् प्रतिवेदन पेश गर्नेछ ।

सो आधारमा नै बीमा समिति पुँजि वृद्धि आवश्यक छ वा छैन भन्ने बिषयमा अन्तिम निक्यौल निकाल्ने बीमा समितिले जनाएको छ। कायदलले अन्तिम नतिजा पेश नगरेसम्म बीमा कम्पनीहरुको पुँजीवृद्धिको बारेमा भ्रामक हल्ला नफैलाउन बीमा समितिले आग्रह गरेको छ। समयसँगै बीमाको दायरा र यसको व्यवासियक दायरा फराकिलो बन्दै गईरहेको छ। बीमा समितिले हिजो जारी गरेको पुँजिले आगामी दिनमा जोखिमको बाटो रोक्छ भन्ने बिषयमा यस अध्ययन टोलिले निष्कर्ष निकाल्ने छ।

हाल नै जीवन, निर्जिवन र पुनर्बीमा कम्पनीको पुँजि कति बढाउने भन्ने बिषयमा कुनै छलफल नभएको अध्ययन पश्चात् निक्यौल आउने कुरामा बीमा समिति विश्वस्त रहेको समितिको धारणा रहेको छ। पुँजी वृद्धि कुन मोडेलमा गर्ने भन्ने विषयमा पनि सो प्रतिबेदनले स्पष्ट पार्ने बीमा समितिले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*