कारोबार स्थगित हुदाँसम्म कुन कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए गुमाए ?

३० फाल्गुन २०७८, सोमबार १७:४४

काठमाडौं । साताको दोस्रो दिन नेप्सेमा सामान्य सुधार देखिएको छ । शेयर बजार खुलेको करिब २ घण्टामा टिएमएसमा समस्या देखिएको कारण सो पश्चात कारोबार हुन सकेन ।

ब्रोकर डेटा सेन्टरको प्रावधिक समस्याका कारण आज १२ बजे ५३ मिनेटसम्मको कारोबार अनुसार नेप्से ०.१५ अकंले बढेर बन्द हुन पुगेको छ ।

सो समयसम्ममा सूचीकृत २२० कम्पनीको २३ लाख ४९ हजार १० कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ३४ करोड २२ लाख ३२ हजार ८३९ रुपैयाँको कारोबार भएको छ ।

आज नेप्से करिब २ घण्टा मात्र सुचारु रहदा राष्ट्र उत्थान लघुवित्तले सर्वाधिक कमाउन सफल भएको छ । कम्पनीको शेयर आज ६.१० प्रतिशतले बढेको हो ।

त्यस्तै, इर्मजिङ नेपालको ४.०२ प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैंकको ३.७५ प्रतिशत, स्वाबलम्बन लघुवित्तको ३.२५ प्रतिशत, प्रभु इन्स्योरेन्सको ३ प्रतिशत, एनआईबिएल समृद्धि फण्डको २.८८ प्रतिशत, लाइफ इन्स्योरेन्सको २.७७ प्रतिशत र एशियन लाइफ इन्स्योरेन्सको २.७७ प्रतिशतले वृद्धि भएको हो ।

त्यस्तै, ब्रोकर डेटा सेन्टरको समस्याका कारण २ घण्टा मात्र सुचारु भएको नेप्सेमा आज सानिमा लार्ज क्याप फण्डले सर्वाधिक गुमाएको छ । कम्पनीको शेयर आज ५.७३ प्रतिशतले घटेको हो ।

सोमबार गुमाउने कम्पनीमा युनाइटेड इदि मार्दी आरबि हाइड्रोपावरको ३.९१ प्रतिशत, साल्ट टे«डिङ कर्पोरेशनको ३.८४ प्रतिशत, मैलुङ खोला जलविद्युतको ३.४८ प्रतिशत, गुराँस लघुवित्तको ३.४८ प्रतिशत, ग्रीन डेभलपमेन्ट बैंकको २.९४ प्रतिशत र न्यादी हाइड्रोपावरको २.८९ प्रतिशतले घटेको हो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*