शिखर इन्स्योरेन्सको भोलिदेखि हकप्रद शेयर निष्काशन हुदै
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले भोलि (चैत १ गते) देखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले ३० प्रतिशत अर्थात् १ः०.३ अनुपातमा १ सय रुपैयाँ अंकित दरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद शेयर निष्कासन गर्ने लागेको हो ।
उक्त हकप्रद शेयरमा चैत १ गतेदेखि चैत २१ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि माघ २१ गते बुक क्लोज गरेको हुदाँ माघ २० गतेसम्म कायम शेयरधनीहरुले मात्र हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद बिक्री प्रबन्धकका रुपमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । साथै, आवेदकले मेरो शेयर सफ्टवेयर मार्फत हकप्रद शेयरमा आवेदन दिन सकिनेछ ।
हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ७५ करोड रुपैयाँ रहेको छ । यो हकप्रद शेयर निष्कासन बाँडफाँट पश्चात पूँजी २ अर्ब २८ करोड रुपैयाँ पुग्नेछ ।