टीएमएसमा समस्या हुँदा स्थगित शेयर बजार अझै खुलेन, कति समयमा खुल्ने भन्न बिषयमा सिईओ नै अनभिज्ञ

३० फाल्गुन २०७८, सोमबार १५:५४

काठमाडौं । टीएमएसमा समस्या हुन नसक्दा स्थगित गरिएको शेयर कारोबार अझै खुल्न सकेको छैन। शेयर बजार बन्द हुने नियमित समय पनि सकिएको छ तर एटीएमएसमा देखिएको समस्या अझै हटेको छैन।

नेप्सेका सीईओ कृष्णबहादुर कार्की आफैँ अनभिज्ञ छन्। समस्या समाधानका लागि कोसिसहरु भइरहेको तर शेयर कारोबार अझै खुल्न कति समयमा खुल्ने भने एकिन नभएको उनले बीमापोष्टलाई बताए ।

नेप्सेमा आएको ब्रोकरको डाटा सेन्टरमा आएको समस्याले टीएमएस नचल्दा दिउँसो १२ बजेर ५३ मिनेटमा कारोबार स्थगन गरेको थियो। केही समयका लागि कारोबार स्थगित गरिएको र समस्या समाधान भएपछि सुचारु गरिने नेप्सेले जनाएको थियो। तर अहिलेसम्म समस्या समाधान हुन सकेको छैन।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*