नेशनल हाइड्रोपावरको साधारण सभा स्थगित, यस्तो छ कारण

३० फाल्गुन २०७८, सोमबार १३:५४

काठमाडौं । नेशनल हाईड्रोपावर कम्पनी लिमिटेडले २५ औैं वार्षिक साधारण सभा कोरम नपुगेपछि स्थगित भएको छ । कम्पनीले सोमबार बोलाएको साधारण सभामा आवश्यक शेयरधनीको संख्या नपुगेपछि स्थगित भएको हो ।

उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १८.५२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.९७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने कार्य सूचि रहेको थियो । यसका साथै बोनस शेयर वितरणपछि कायम हुने चूक्तापूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव रहेको थियो ।

साथै सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्न र चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ । संचालक समितिमा ७ जना संचालनको निर्वाचन गर्ने योजना बनाएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*