नबिल बैंक र एनबी बैंक गाभ्नका लागि नेपाल राष्ट्र बैंकको सैद्दान्तिक स्वीकृति

२९ फाल्गुन २०७८, आईतवार १९:०९

काठमाडौं । नबिल बैंक र एनबी बैंक गाभ्नका लागि नेपाल राष्ट्र बैंकले सैद्दान्तिक स्वीकृति प्रदान गरेको छ । नेपाल राष्ट्र बैंकको संचालक समितिको बैठकले नबिल बैंकलाई एनबी बैंक गाभ्न सैद्दान्तिक स्वीकृति दिएको पत्र आज दिएको हो । राष्ट्र बैंकबाट सैद्दान्तिक स्वीकृति पाएको पत्र पाएपछि दुबै बैंकले एक्विजेशन प्रक्रियाका लागि सम्पत्ति र दायित्वको मूल्यांकन(डीडीए) गर्नुपर्छ ।

डीडीए प्रतिवेदनपछि एक्विजेशन प्रक्रिया पास गर्न दुबै बैंकले विशेष साधारणसभा बोलाउने छन् ।साधारणसभाले एक्विजेशन प्रस्ताव पास गरेपछि एकीकृत कारोबारका लागि राष्ट्र बैंकमा निवेदन दिनुपर्ने हुन्छ ।
नबिल बैंकमा एनबी बैंक गाभिएपछि नबिल बैंकको नाममा नै कारोबार हुने छ भने सञ्चालक समिति र सीइओमा नबिल बैंकबाट हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*