महालक्ष्मी विकास बैंक र रेट्रो होटलबीच छुट सम्झौता
२९ फाल्गुन २०७८, आईतवार १७:५७
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड र रेट्रो होटल एण्ड स्पा प्रालिबीच छुट सम्बन्धी सम्झौता भएको छ । बैंकका ग्राहकले उक्त होटलमा बिशेष छुट पाउने गरी समझदारी भएको हो ।
उक्त समझदारी पश्चात बैंकका ग्राहकहरुले महालक्ष्मी विकास बैंकको डेबिट कार्ड, क्युआर, मोबाइल बैंकिङ मार्फत रकम भुक्तानी गर्दा विभिन्न सेवाहरुमा आकर्षक छुट पाउनेछन् । सहकार्य पश्चात बैंकका ग्राहक लाभान्वित हुनुका साथै डिजिटल कारोबार गर्ने बानीको विकास हुने विश्वास बैंकले लिएको छ ।
यसका साथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षत्कार गराउने अभिप्रायका साथ यस बैंकले विभिन्न शाखाहरुबाट जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।