नेप्सेमा उच्च अंकको वृद्धि ,यी कारणले बजारमा आयो उछाल

२९ फाल्गुन २०७८, आईतवार १५:२०

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अंकले वृद्धि भएको छ । शेयर कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचकमा उच्च वृद्धि देखिएको छ। आज नेप्से १०१ दशमलव ०७ अंकले बढ्दा २६६७ दशमलव ९७ को विन्दुमा कायम भएको छ । आज प्रि ओपनिङमै सुधार आएको बजार त्यसपछि निरन्तर उकालो लागिरह्यो ।

सरकार पुनर्गठन गर्दा अर्थमन्त्री जनार्दन शर्माको बहिरगमनको चर्चा, बीमा कम्पनीको पुँजी बढाउनुपर्ने आशय, चैतमा निक्षेपको ब्याजदर नबढाउने सहमति, न्यून बिन्दुमा ओलिएको बजारबाट सेयर उठाएका स्मार्ट लगानीकर्ता नाफा लिन खोज्ने प्रवृत्ति र बाह्य क्षेत्र मा (शोधनान्तर स्थिति) देखिएको तुलनात्मक सुधारलाई लिएर बजार उचालेको देखिन्छ ।

हरेक लगानीकर्ताहरुले आ–आफू अनुकूलको र  क्षमताले भ्याएसम्मको ब्याख्या गर्दै बजारलाई २५०० बिन्दुबाट तल जान नदिन भरमग्दुर प्रयास गरेको देखिन्छ । त्यसैको परिणाम आइतबार बजार सूचकले छलाङ हानेको छ ।

पछिल्लो समय सार्वजनिक अभिव्यक्तिहरुमा समितिका अध्यक्ष सिलवालले बीमा कम्पनीहरुको अहिलेको पुँजीले व्यापार गर्न नसक्ने अवस्था रहेको र पुँजी बढाउनुको विकल्प नभएको प्रतिक्रिया दिइरहेका छन् ।
त्यसैको परिणाम आइतबार चार बीमा कम्पनीले सकारात्मक सर्किट लगाए भने अन्य कम्पनीहरुको पनि तुलनात्मक रुपमा मूल्य बढिरहेको छ । हाल जीवन बिमाको २ अर्ब र निर्जीवनको १ अर्ब पुँजी छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*