४ जीवन बीमा सम्पनी सहित ६ कम्पनीको शेयरमा सकारात्मक सर्किट, यी हुन् आज सर्वाधिक कमाउने

२९ फाल्गुन २०७८, आईतवार १५:०९

काठमाडौं । साताको पहिलो दिन नेप्सेमा आश्चर्यजनक बृद्धि भएको छ । आज नेप्से परिसूचक शतप्रतिशत अंकले बढेको छ । लगानीकर्ताहरुमा नयाँ उत्साह थपिएको छ ।

नेप्सेमा सूचीकृत २२८ कम्पनीको ९० लाख २२ हजार ८९० कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८७ करोड ७ लाख १५ हजार ३८७ रुपैयाँको कारोबार भएको छ । आज नेप्सेमा उछाल आएसँगै कारोबार पनि बढ्न पुगेको छ ।

१०१ अंकले बढेको शेयरबजारमा आज ६ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीमा एशियन लाइफ इन्स्योरेन्स, ज्योति लाइफ इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्स, इमर्जिङ नेपाल, कर्पोरेट डेभलपमेन्ट बैंक र सूर्या लाइफ इन्स्योरेन्सको शेयरमा सर्किट लागेको छ ।

त्यस्तै, मन्जुश्री फाइनान्सको ९ प्रतिशत, शिवम् सिमेन्ट्सको ८.७८ प्रतिशत, प्रुडेन्सिय इन्स्योरेन्स र जनरल इन्स्योरेन्सको ८.०५ प्रतिशतले बढेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*