नेशनल लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

२९ फाल्गुन २०७८, आईतवार १५:०१

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ३३ औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ। नेशनल लाइफको केन्द्रिय कार्यालय लाजिम्पाट काठमाडौंमा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०७६।०७७ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्तापूँजीको १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश गरि २० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

साथै सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने कार्यसूचि प्रस्ताव समेत पारित गरेको छ। सभावाट संस्थापक समूहबाट ३ जना संचालकमा निर्वाचित भने सर्वसाधारणको तर्फबाट दुई जना निर्वाचित भएका छन् ।

त्यस्तै, संस्थापक समूहबाट प्रेमा राज्य लक्ष्मी सिंह, पवन बहादुर पाँडे र कुशल मल्ली संचालकमा निर्वाचित भएका छन् भने सर्वसाधारणको तर्फबाट २ जना भवानी राणा र कुलदीप शरण सिंह निर्वाचित भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*