चैतमा ब्याजदर नबढाउने बैंकर्स संघको निर्णय

२९ फाल्गुन २०७८, आईतवार १४:३४

काठमाडौं । नेपाल बैंकर्स संघले चैतमा ब्याजदर नबढाउने बिषयमा सहमति गरेको छ । नेपाल बैंकर्स संघको बैठकले चैतमा ब्याजदर नबढाउने बिषयमा सहमती गरेको छ। उक्त सहमती अनुसार चैतमा पनि वाणिज्य बैंकहरुको बचतको ब्याजदर फागुन महिनाकै यथावत रहन्छ ।फागुन महिनाकै ब्याजदरलाई वाणिज्य बैंकले निरन्तरता दिने बिषयमा सहमती भएको संघले जनाएको छ ।

फागुन महिनामा बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ११.०३% र संस्थागत मुद्दति निक्षेपमा १०.०३% ब्याजदर दिइरहेका छन्। त्यस्तै, बचतमा ५% र कल निक्षेपमा ३.१५% सम्म दिइरहेका छन् ।

राष्ट्र बैंकको नियमअनुसार अर्को महिना लागू हुने ब्याजदर यो महिनाकै अन्तिम दिन प्रकाशित गर्नुपर्छ । केन्द्रीय बैंकको नियमअनुसार आगामी महिनाको ब्याजदर प्रकाशित गर्दा विद्यमान ब्याजदरमा १०% भन्दा बढीले बढाउन पाइने छैन । माघको भन्दा फागुनमा बैंकहरुले १०% ले ब्याजदर बढाएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*