बीमा समितिद्धारा कर्णाली प्रदेशको सुर्खेतमा अन्तक्रिया कार्यक्रम

२९ फाल्गुन २०७८, आईतवार १३:४९

काठमाडौं । बीमा समितिले सुर्खेतका बीमा कम्पनीका शाखा प्रमुख एवं कर्मचारीहरुसँगको अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ।कर्णाली प्रदेशको सुर्खेत स्थित जीवन तथा निर्जीवन बीमा कम्पनीका शाखा प्रमुख एवं कर्मचारीहरु अन्तक्रिया कार्यक्रम हिजो सम्पन्न गरेको छ । हिजो उक्त अन्तक्रिया कार्यक्रममा अध्यक्ष सूर्य प्रसाद सिलवालको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो ।

त्यस्तै, कार्यक्रममा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल र निर्देशक दिनेश कुमार लालले बीमा र लोकेश काफले र कम्पनीको तर्फबाट शिखर इन्स्योरेन्सका सिईओ दिप पाण्डे, आइएमई लाइफको तर्फबाट सिईओ कवि फुयालको उपस्थिती रहेको थियो ।

कार्यक्रममा कर्णाली प्रदेशमा स्थानीय निकायमार्फत बीमाको लागि बजेट छुटाउनु पर्ने, बीमा कम्पनीबीच स्वस्थ प्रतिपर्धा कसरी गर्न सकिन्छ भन्ने बिषयमा थप सपष्टिकरण हुनुपर्ने शाखा प्रमुखहरुले व्यक्त गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले कर्णाली प्रदेशको हितको लागि आगामी दिनमा बीमा समिति सधै तत्पर रहेको बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*