जाल्पा सामुदायिक लघुवित्तको शेयर किन भएन आज कारोबार ?

२९ फाल्गुन २०७८, आईतवार ११:३५

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर शुक्रबार नेप्सेमा सूचीकृत भएपनि आइतबार कारोबार हुन सकेन । नेप्सेका अनुसार प्री ओपनिङ सेसनमा शेयर म्याचिङ हुन नसकेकोले आज नियमित समयमा शेयर किनबेच हुन नसकेको हो ।

सो लघुवित्तको शेयर कारोबार सोमबार मात्रै हुने नेप्सेले जनाएको छ । त्यसका लागि प्री ओपनिङ सेसनमा शेयर म्याचिङ हुनुपर्नेछ । नेप्सेले जाल्पा लघुवित्तको शेयरमा पहिलो कारोबारका लागि १६४ रुपैयाँ ६० पैसादेखि ४९३ रुपैयाँ ८० पैसासम्म ओपनिङ रेञ्ज प्रदान गरेको छ ।

कम्पनीको शेयर भोलिदेखि ‘जेएएलपीए’ सिम्बोलबाट कारोबारमा आउनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*