मिर्मिरे लघुवित्तले बुद्धज्योति लघुवित्तलाई प्राप्ती गर्ने
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड र बुद्धज्योति लघुवित्त वित्तीय संस्था लिमिटेड मर्जरमा जाने भएको छ ।
मिर्मिरे लघुवित्तले लुम्बिनी सांस्कृतिक नगरपालिका रुपन्देहीमा केन्द्रीय कार्यालयमा रहेको बुद्धज्योति लघुवित्तलाई प्राप्ती (एक्विजिशन) गर्ने सम्बन्धमा फागुन २७ गते दुई पक्षबीच प्रारम्भिक सम्झौता भएको हो ।
समझदारीपत्रमा मिर्मिरे लघुवित्तका तर्फबाट अध्यक्ष टेकबहादुर बोहरा र बुद्धज्योति लघुवित्तका तर्फबाट अध्यक्ष गोविन्द पाण्डेयले हस्ताक्षर गरेका हुन् ।
बुद्धज्योतिलाई प्राप्ति गरेपछि संस्थाका नाम मिर्मिरे लघुवित्त नै रहने जनाएको छ ।
मिर्मिरे लुघवित्तले बुद्धज्योति लघुवित्तलाई प्राप्ती गर्ने हुनालले सर्वसाधारणमा अहिलेसम्म शेयर जारी नगरेको हुनाले शेयर कारोबार रोक्का गर्न आवश्यक नरहेको संस्थाले जनाएको छ ।