नेशनल माइक्रोफाइनान्स लघुवित्तको नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा

२९ फाल्गुन २०७८, आईतवार ०९:३३

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले नगद लाभांश शेयरधनीको सम्बन्धित बैंक खातामा जम्मा गरिदिएको छ ।

संस्थाले आफ्नो फागुन ६ गते सम्पन्न भएको आठौं वार्षिक साधारण सभाबाट पारित ५ प्रतिशत नगद लाभांश (कर सहित) पुष २६ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा जम्मा गरिदिएको हो । सो मितिपश्चात् बैंक खाता अद्यावधिक गराएका शेयरधनीको हकमा सो लाभांश क्रमबद्ध बैंक खातामा नै जम्मा गरिदिने संस्थाले जनाएको छ ।

साथै आफ्नो शेयर प्रमाणपत्र हालसम्म अभौतिकीकरण नगराएका शेयरधनीहरुले सम्बन्धित बैंक वा निक्षेप सदस्यमा सम्पर्क गरी शेयर अभौतिकीककरण गराई सो लाभांंश प्राप्त गर्न कम्पनीले आग्रह समेत गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*