नेपाल लाइफ इन्स्योरेन्सको २१औं साधारण सभा चैत २१ गते, कहिले हुँदैछ बुकक्लोज ?

२९ फाल्गुन २०७८, आईतवार ०९:१६

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २१औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले सभा चैत २१ गते बस्नेगरी डोकेको हो ।

कम्पनीको फागुन २७ गते बसेको संचालक समितिको बैठकले सो सभा चैत २१ गते होलट भिष्वा, वीरगंज(पर्सा)मा बिहान ९ बजे बस्ने निर्णय गरेको हो ।

उक्त सभाले आर्थिक वर्ष २०७६।०७७ को मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको कायम चुक्तापूँजीको १६ प्रतिशत बानेस शेयर र कर प्रयोजनका लागि शुन्य दशमलव ७३६८ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।

साथै कम्पनीको हालै कायम पूँजी संरचनामा संस्थापक र सर्वसाधारण शेयरको ६०ः४० अनुपातलाई परितर्वन गरी ५१ः४९ प्रतिशत कायम गर्न संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा परिणत गर्ने र सो अनुरुप नियमावली संशोधन पारित गर्नेछ ।

त्यस्तै, आव २०७६।०७७ मा चन्दा शीर्षक अन्तर्गत भएको खर्च अनुमोदन गर्ने, सोही आवको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण उपर छलफल गरी पारित समेत गर्नेछ । साथै आर्थिक वर्ष २०७७।०७८ को लागि नियुक्त लेखापरीक्षक को पारिश्रमिक निर्धारण गर्ने सभाको एजेण्डा रहेको छ ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि र लाभांश वितरणका लागि चैत ७ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । यसअनुसार बुकक्लोजको अघिल्लो दिन अर्थात् चैत ६ गतेसम्म कायम शेयरधनीहरुमात्र सभामा उपस्थित हुन र कायम शेयरधनीहरुले मात्र प्रस्तावित लाभांश पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*