नेपाल लाइफको लाभांश बीमा समितिबाट स्वीकृत

२८ फाल्गुन २०७८, शनिबार ११:४५

काठमाडौं । नेपाल लाइफको लाभांश प्रस्तावलाई बीमा समितिले स्वीकृती दिएको छ । कम्पनीको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट प्रस्ताव गरेको लाभांश प्रस्तावलाई बीमा समितिले स्वीकृत दिएको हो ।

कम्पनीले १४ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.७३ प्रतिशत नगद लाभांश प्रस्ताव समितिमा पेश गरेको थियो ।कम्पनीको आगामी संचालक समितिको बैठकले साधारणसभाको मिति तोकेपछि शेयरधनीले उक्त लाभांश पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*