कामना सेवा विकास बैंकद्धारा नेपाल पे क्युआरको सुरुवात
काठमाडौं । कामना सेवा विकास बैंकले नेपाल पे क्युआरको सुरुवात गरेको छ । बैंकले आफ्नो व्यावसाय रहेको ग्राहकहरुलाई क्युआर पेमेन्ट मार्फत भुक्तानी प्राप्त गर्न सहज हुने गरी उक्त सेवाको सुरुवात गरेको हो ।
नेपाल पे क्युआर, नेपाल राष्ट्र बैंकले जारी गरेको र एनसीएचएलद्वारा संचालित क्युआरको मापदण्ड कार्यान्वयन गर्ने प्रमुख पुर्वाधार भएकाले नेट्वर्क र मर्चेन्ट स्तरमा स्वतन्त्र योजनामा काम गर्न र अन्तरसंचालनमा मद्दत गर्नेछ ।
कामना सेवा विकास बैंक नेशनल पेमेन्ट स्वीचमा आबद्ध हुने पहिलो विकास बैंक हो । त्यस्तै कामना सेवाका आफ्नो व्यावसाय रहेको ग्राहकहरुले अब नेपाल पे क्युआर मार्फत सक्षम भएका कुनै पनि उपकरणहरूद्वारा आफ्ना ग्राहकहरूबाट प्राप्त भएको भुक्तानी व्यवस्थापन गर्न मर्चेन्टको रूपमा दर्ता गर्न सक्नेछन् जुन कामना सेवा विकास बैंक र अन्य बैंक तथा वित्तीय संस्थाहरुको वालेट वा कनेक्ट आइपिएसको मोबाइल बैंकिङ मार्फत यो सुबिधा प्रयोग गर्न सक्ने जनाइएको छ ।