हुलास स्टिल इन्ड्रस्टिजले कम लागतमा भूकम्प प्रतिरोधात्मक घर निर्माण गर्ने

२७ फाल्गुन २०७८, शुक्रबार १७:५३

काठमाडौं । हुलास स्टिल इन्ड्रस्टिज लिमिटेडले भृकुटीमण्डप काठमाडौंमा आजदेखि सुरु भएको’एक्स्पो’मा हुलास स्टिलका विशेषताहरु प्रदर्शनी गरेको छ । तीन दिनसम्म चल्ने ‘नेपाल बिल्डकन इन्टरनेशनल एक्स्पो’मा हुलास स्टिलले ग्राहकहरुलाई आफनो प्रोडक्टको बारेमा एउटै छानामुनि जानकारी दिएको छ। कम्पनीले कम लागतमा हुलास स्टिल इन्ड्रस्टिजले भूकम्प प्रतिरोधात्मक घर निर्माण गराउने हेतुले नयाँ प्रोजक्ट समेत कार्यक्रममा प्रस्तुत गरेको थियो ।

घर तथा विभिन्न भवन निर्माणमा हुलास स्टिलले योगदान पुर्याउँदै आइरहेको छ । कम लागतमा छोटो समयमा नै घर तथा भवन निर्माण बन्ने भएको कारण हुलास निर्माणले ग्राहकलाई आफनो ग्राहकहरुलाई सुविधा दिँदै आईरहेको छ।
हुलास स्टिलले कम लागतमा नै घर तथा अन्य भवन निर्माण हुन सक्ने जनाएको छ । साथै यसबाहेक भूकम्प प्रतिरोधात्मक, छोटो समयमा संरचना गर्न सकिने, सरल, सहज भएको, गुणस्तरीय डिजाइन भएको बताइएको छ ।
एकै फ्ल्याटमा कम्प्लिट शोलुसन भएको ‘हुलास स्टिल’ ले उक्त एक्स्पोमा एक घरको प्रदर्शनद्धारा विभिन्न पार्टस्हरुको प्रयोग कसरी प्रयोग हुन्छ भनि देखाइएको थियो । उक्त घरमा कोलम, ल्याफटर, रुफ सिफ्ट र ब्याक सिफ्ट जस्ता पार्ट्सहरु प्रदर्शन गरिएको थियो ।

सिमरा, बेलवा र विरजंगमा फ्याक्ट्रि रहेको हुलास स्टिलको मुख्य कार्यालय काठमाडौंमा रहेको छ । यसबारेमा थप जानकारीको लागि भृकुटीमण्डमा भइरहेको एक्स्पोमा भिजिट गरी थप जानकारी लिन सकिन्छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*