सानिमा लाइफ इन्स्योरेन्सद्वारा बीमा दाबी वापतको रकम भुक्तानी

२७ फाल्गुन २०७८, शुक्रबार १४:०५

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको लम्की शाखाले बीमितको परिवारलाई बीमा दाबी भुक्तानी बापतको रकम हस्तान्तरण गरेको हो ।

कम्पनीले कैलालीको लम्कीचुहा नगरपालिका वडा नं २ मोतिपुर निवासी स्वर्गीय देश बहादुर मुखियाको अकस्मात बिरामी भई निदान अस्पताल काठमाडौंमा मृत्यु भएपछि बिमा बापतको रकम उनको घरमै गएर प्रदान गरेको हो ।

कैलालीको लम्कीचुहा २ मोतिपुरमा आयोजित एक कार्यक्रमका बीच स्वर्गीय मुखीयाका पत्नी हरिकला मुखियालाई ५ लाख रुपैयाँ बराबरको चेक रकम हस्तान्तरण गरिएको हो । लम्कीचुहा नगरपालिकाका नगर प्रमुख महादेव बजगाईले उक्त चेक रकम हस्तान्तरण गरेका हुन् ।

चेक हस्तान्तरण कार्यक्रममा सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड लम्की शाखाका शाखा प्रमुख कमल प्रसाद खनाल , मार्केटिङ अफिसर तिर्थराज जैसी , एजेन्सी म्यानेजर माया कुमारी जोशी , पदमराज जैसी , चन्द्रप्रसाद खनाल लगायतको उपस्थिति रहेको थियो ।

बीमित मुखियाले २०७६ साउन २७ गते ३५ हजार रुपैयाँ तिरेर सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको सानिमा दम्पती बीमा गराएका थिए । उनको गत कात्तिक २ गते उपचारको क्रममा मृत्यु भएको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*