भिजिट भिसालाई ब्यवस्थित गर्न गृहको १८ बुँदे निर्देशन, विदेश भ्रमणमा जान अब ५ लाखको बैंक स्टेटमेन्ट देखाउनुपर्ने

२७ फाल्गुन २०७८, शुक्रबार १३:३०

काठमाडौं । गृह मन्त्रालयले भिजिट भिसा र सोबाट सिर्जित समस्या समाधानका लागि अध्यागमन विभागलाई आवश्यक ब्यवस्था गर्न भन्दै १८ बुँदे निर्देशन जारी गरेको छ । भिसामा हुने मानव तस्करी नियन्त्रय गर्ने मन्त्रालयले नयाँ मापदण्ड लागू गर्ने निर्णय गरेको हो ।

भिजिट भिसामा विदेश घुम्न जान वार्षिक ५ लाख करयोग्य आय भएको बैंक स्टेन्टमेन्ट देखाउनु पर्ने भएको छ । जसमा वार्षिक ५ लाख आय हुुनुपर्ने र त्यसको आधा बैंकमा मौज्दात हुनुपर्ने प्रावधान राखिएको छ । भिजिट भिसामा देखिएका समस्या समाधान गर्ने बनेको अध्ययन कार्यदलले १० लाख आय भएकालाई मात्र विदेश घुम्न जान दिने प्रावधान लागू गर्न सिफारिस गरेको भएपनि प्रावधान ब्यावहारिक नभएको भन्दै आलोचना भए पश्चात ५ लाख रुपैयाँ बनाइएको हो ।

भ्रमण भिसामा गएर उतै बस्ने तथा त्यस्ता ब्यक्ति विभिन्न समस्यामा पर्ने गरेका घटना सार्वजनिक भएपछि सरकारले भ्रमणमा जाने ब्यक्तिको हकमा कडाइ गर्न थालेको हो । खाडी मुलुकभन्दा दुई पटक विदेश यात्राको अभिलेख भएका ब्यक्ति, न्यूनतम माध्यमिक तहको शिक्षा वा सो सरहको प्राविधिक तथा ब्यावसायिक सीप भई आधाकारिक निकायबाट प्रमाणित भएका वा उच्च शिक्षा हासिर भएका ब्यक्तिको हकमा भिजिट भिसाका लागि आवश्यक ब्यवस्था गर्न गृह मन्त्रालयले गरेको निर्देशनमा उल्लेख गरेको छ ।

अङग्रेजी वा गन्तव्य मुलुकमा बोलिने अन्तर्राष्ट्रिय भाषाको ज्ञान भएका र एकाघरको नातेदारका साथमा भ्रमणमा जाने तथा आमन्त्रणमा जाने एवं वैदेशिक रोजगारमा रहेकाका नातेदार, गन्तव्य मुलुकमा रहेको दूतावास वा नियोगबाट प्रमाणित कागजात भएका, सरकारी कामको सिलसिलामा विदेश जाने सरकारी प्रतिनिधि, अन्तर्राष्ट्रिय कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि एवं अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधि पनि भिजिट भिसाका लागि योग्य हुनेछन् ।

बिरामी कुुरुवा वा बिरामीको रेखदेखमा जाने तीन पुस्ताभित्रका सदस्य वा सो मापदण्डमा नपर्ने व्यक्तिको हकमा भने अध्यागमन विभागबाट स्वीकृति लिएर मात्रै भिसा वा हवाई टिकटको प्रक्रिया सुरु गर्ने गरी सूचित गर्न विभागलाई गृह मन्त्रालयले भनेको छ ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*