जापान जाने अन्तिम तयारी रोकेर बीमा क्षेत्रमा प्रवेश गरेकी सबिता रिलायबल नेपाल लाइफमा प्रगति गर्दै

रिना खत्री
२७ फाल्गुन २०७८, शुक्रबार १३:२४

काठमाडौं । भनिन्छ, मानिसको भाग्य कतिबेला चम्किन्छ कसैलाई थाहा हुँदैन । अनि सबैको भाग्य चम्कने सूत्र एउटै हुँदैन । नेपालबाट अध्ययन तथा कामको सिलसिलामा जापान पुगेकाहरु उतै रमाइरहेका छन् । कारमा हुईकिन्छन् अनि दिनमा १८ घण्टा काम गरेर मासिक लाखौं कमाउँछन् ।

जापान लाखौं नेपालीहरुको सुन्दर भविष्यको सपना हो । एक वर्षअघि चितवनकी २५ वर्षे सबिता चौधरी पनि यस्तै हजारौं सपना बोकेर जापान जाने तयारीमा थिईन् ।

अन्तिम समयमा आएर उनी रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा बीमा अभिकर्ताको रुपमा प्रवेश गरिन् । आफ्ना सपनाहरु पूरा गर्न जापानको यात्रा त्यागेर नेपालमै बीमा अभिकर्ता पेशा अंगालेकी सबिता चौधरी अहिले बीमा क्षेत्रमा प्रवेश गरेको एक बर्ष नबित्दै उनले अभिकर्ता पेशमा आफनौ छुटै पहिचान बनाउन सफल भएकी छिन् ।

वैदेशिक रोजगारमा परिवारबाट टाढा बसेर रोजगारी पाउनु भन्दा अभिकर्ता पेशामा सेवामूलक काम गर्न पाँउदा आफू निकै खुसी भएको उनी बताँउछिन् । सबिता पेशाले ब्यूटिसियन पनि हुन् । बिहान र बेलुका आफनौ पार्लरमा समय बिताए पनि उनी दिउसो बीमा अभिकर्ता पेशमा सक्रिय हुदै आएकी छिन् ।

अभिकर्ता पेशामा प्रवेश गरेपछि सबिताको जीवनमा धेरै परिवर्तन आए । अभिकर्ता पेशा मै जोडिए पछि पब्लिक रिलेशन बढ्यो, आम्दानीको क्षेत्र फराकिलो भयो । जुनसुकै तह र तप्काका मानिसहरुसँग पनि जनसम्पर्क बढ्यो । सबिताको जीवनशैली मात्रै फेरिएन जापान गएर पूरा गर्ने भन्दै कोरेकी सपना नेपालमै पूरा गर्दैछिन् । महिलालाई पुरुषको तुलनामा थोरै मात्र स्थान दिने नेपाली समाजमा महिलाको काम देखेर खुट्टा तान्ने प्रवृति आज पनि चलन नै छ ।

तर सबितालाई परिवारको पूर्ण समर्थन भएको कारण आज यो स्थानमा रहेको उनी स्वीकार गर्छिन् । सबिता आफ्नो कामप्रति सधै लगनशील भएर लागि परिन । जसको परिणाम आज उनको सामू छ । सविता भन्छिन्, ‘जापान गएको भए पनि रातदिन काम गर्नै पर्दथ्यो, यहाँ मैले मेहनत गरिरहेको छु, जसको फल पाइरहेको छु ।’

जीवनमा कुनै पनि काम असम्भव भन्ने नै छैन् भन्ने सुत्र लिएर अघि बढ्ने उनी आफ्नै पौरख, मेहनत र संघर्ष गर्न हिच्किचाउँदिनन् र, त आज सफल छिन् । अभिकर्ताको कोड लिएर पहिलो बीमा सहजै गर्न सफल भएपछि सबितामा अभिकर्ता पेशामा नै केही गर्छु भन्ने हिम्मत बटुल्दै अघि बढिन्, नभन्दै सफल समेत भईन् ।

उनले छोटो समयमा एमडिआरटीको टार्गेट समेत पूरा गरिसकेकी छिन् । उनी रिलायबल नेपाल लाइफको हाकिम चोकबाट बीमा अभिकर्ता रुपमा काम गर्दै आईरहेकि छिन् ।

बीमा व्यवसायका मेरुदण्ड हुन बीमा अभिकर्ता । उनी भन्छिन् ‘बीमा कम्पनी र बीमितबीचमा विश्वासिलो एवम् दरिलो पात्रको रुपमा काम गर्ने व्यक्ति बीमा अभिकर्ता हुन् । अभिकर्ताले बीमा कम्पनी र बीमितका बीचमा पुलको काम गरेवापत बीमा कम्पनिबाट निश्चित कमिशन पाउने गर्दछन् ।’

धैर्यता र आत्मविश्वालाई साथमा लिएर हिँड्ने जो कोही पनि अभिकर्ता पेशामा सफल हुन सक्ने अनुभव उनीसँग छ । आफ्नो सफलताको पछाडी परिवारको सहयोगलाई सम्झदै उनले भनिन् ‘सायद मलाई मेरो परिवारले साथ र सहयोग नदिएको भए म यो अवस्थामा आउने थिईन् होला ।’

एउटी विबाहित नारी भएर यतिछोटो समयमा नै यो सफलता हासिल गर्छु भन्ने नै थिएन उनलाई । नारीले केही गर्न सक्दैनन् भन्ने मान्यतालाई खण्डन गर्दै उनले भनिन्, ‘नेपाली समाजमा महिलालाई केही गर्न सक्दैनन् भन्छन् तर पुरुषलाई जस्तै हामीलाई पनि अवसर दिने हो भने देश परिवर्तन गर्न सक्छौं ।’

उनी भन्छिन्, ‘बीमा व्यवसायमा आवद्ध भएका अभिकर्ताहरुमा धैर्यता, ईमान्दारिता, बोलिमा मिठासपन, समयको ख्याल गर्ने साथै काममा निरन्तरता दिन सक्ने क्षमता हुनुपर्दछ ।’ बीमा बजारमा बीमा अभिकर्ता भएर काम गर्न चाहनेलाई स्वागत गर्दै पूर्णरुपमा बीमा सम्बन्धी ज्ञान लिएर मात्र यो क्षेत्रमा आउन आग्रह गर्छिन् ।

बीमितलाई बीमा प्रस्ताव लिएर जाँदा उसको पारिवारिक अवस्था बुझेर जानुपर्ने उनको भोगाई छ । बीमा प्रस्ताव लिएर जाँदा उसको आर्थिक अवस्था, आम्दानीको अवस्था, परिवारमा पहिले नै बीमा भएको छ छैन् साथै आर्थिक श्रोत के छ हेरेर मात्रै आफुले बीमाको प्रस्ताव अघि बढाउने गर्ने गरेको अनुभव सबिताले साटिन् ।

बीमा अभिकर्ता पेशामा पछिल्लो समय केही चुनौतिहरु देखा परेको उनको तर्क छ । अभिकर्ता पेशाको लाइसेन्स वितरण प्रक्रिया फितलो हुनु बीमा अभिकर्ता पेशामा देखिएको मूख्य चुनौति रहेको उनको धारण रहेको छ ।

बीमा अभिकर्ता भएर काम गर्न शैक्षिक योग्यता एलएसी पास मात्रै भएकाले गर्दापनि यस्तो खालको विकृति बीमा बजारमा देखा परेको उनको अनुभव छ । बीमा अभिकर्ता भएर काम गर्नका लागि शैक्षिक योग्यता संशोधन गर्न नियामक निकायकले ध्यान दिनु जरुरी रहेको उनले बताईन्।

त्यस्तै, बीमा अभिकर्तामा अभिकर्ताहरुलाई पर्याप्त मात्रामा हैसला प्रदान भएमा थप काम गर्न थप मद्धत मिल्ने बताँउछिन् । बेलाबेलामा अभिकर्ताहरुलाई अभिप्रेरित गर्ने काम गर्दा सहयोग मिल्ने उनी बताँउछिन् ।बीमा कम्पनीहरुले पहुँच वृद्धिमा काम गरेन भन्ने गरिन्छ । त्यस्मा सबिता पूर्ण असहमत रहेको बताँउछिन् ।

बीमाको पहुँचमा पुग्न नसकेका मानिसहरुलाई बीमाको दायरामा समेट्न बीमा समिति, सरकार, बीमा कम्पनी साथै बीमा अभिकर्ताको उत्तिकै महत्वपूर्ण भुमिका रहने उनको तर्क छ । सबैको भुमिका बीमा क्षेत्रमा उत्तिकै रहेको उनी बताँउछिन्।

बीमा अभिकर्ता पेशामा जोडिने सबै अभिकर्ताहरु आफ्नो पेशामा सफल हुदैनन् । निरन्तर पेशाप्रतिको धैयता र लगनशीलताले मात्र सफल बन्न सकिन्छ । यो सेवामूलक पेशा भएको कारण यसलाई व्यापारिक दुष्टिकोणबाट हेर्दा गलत हुन जाने उनको तर्क रहेको छ ।

बीमा अभिकर्ता पेशामा प्रवेश गर्न चाहने नवप्रवेशीहरुलाई लक्षित गर्दै उनले निरन्तर रुपमा लागि परेर काम गर्दा आम्दानीको हिसाबले अभिकर्ता पेशा राम्रो रहेको उनले बताईन् ।

अभिकर्ताहरुले आफ्नो कर्तव्य निर्वाह गरेमा यो पेशा सम्मानित तथा मर्यादित हुने उनले बताईन । अभिकर्ता पेशालाई मर्यादित र सम्मानित बनाउन कम्पनीहरुको तथा बीमा समितिको पनि उत्तिकै भुमिका रहने उनको बुझाई छ । त्यसमा अभिकर्ताले पनि आफनो कर्तव्यबोध गर्न पर्ने कुरामा उनी जोड दिन्छिन् ।

वि.सं. २०५२ सालमा चितवनस्थित कालिका पदमपुर– ५ मा जन्मिएकी सबिता चौधरी हाल शिक्षाशास्त्र स्नातकोत्तर गर्दैछिन् ।

कडा मेहनत, लगनशिल र कठिन संघर्ष गर्दै अघि बढेकी सविता छोटो अवधीमा पनि टिममा उनी आईडिल अभिकर्ता बन्न सफल भएकी छिन् । बीमा क्षेत्रमा सफल अभिकर्ता रुपमा प्रवेश गर्न कामप्रति निरन्तरता र धैयर्ता जरुरी रहेको उनी बताँउछिन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*