कर्णाली प्रदेशस्तरीय वित्तीय सम्मेलनमा बीमा समितिको सहभागीता

२७ फाल्गुन २०७८, शुक्रबार ११:३७

काठमाडौं । कर्णाली प्रदेशमा वित्तीय जागरण सम्बन्धी राष्ट्रिय अभियानको बीमा समिति र कम्पनीहरुले उपस्थिती जनाएको छ । कर्णाली प्रदेशमा वित्तीय जागरण अभियानमा बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले प्रायोजन गरेको छ । बीमा समिति र कम्पनीहरुले कर्णाली प्रदेशको सुर्खेतमा बीमा सम्बन्धी जानकारी दिनका उक्त कार्यक्रममा उपस्थिती जनाएको छ।

कार्यक्रममा बीमा समितिका साथै बीमा एवं वित्तीय साक्षरताको लागि स्टक सहितको कार्यक्रम संचालनमा ल्याएको छ। मिडिया इन्टरनेसनलको आयोजनामा शुरु भएको सम्मेलनमा कर्णाली प्रदेश सरकार, वीरेन्द्रनगर नगरपालिका, युवा स्वरोजगार कोष, बीमा समिति लगायतको सक्रिय सहभागिता रहेको छ । सम्मेलनमा शेयर बजार, बीमा, बैंक र लुघवित्तका बारेमा सूचनामूलक स्टलहरु अवलोकन गर्न सकिन्छ ।

सम्मेलनका कार्यक्रम संयोजक माधव निर्दोषले कर्णाली प्रदेशमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने लक्ष्यसहित सम्मेलनको आयोजना गरिएको जानकारी गराए । उनका अनुसार प्रदेशको विकास, उद्यमशीलता वित्तीय अवस्था तथा डिजिटल तथा सूचना प्रदर्शनीहरु राखिएको छ ।

जीवन बीमा होस् या सम्पत्तिको बीमा, बीमाको समग्र आयामबारे जनचेतना बढाउनु पर्ने टड्कारो आवश्यकता देखिएको छ । बीमाको विकास, विस्तार तथा यसको आवश्यकता र महत्वबारे आमनागरिकलाई जानकारी गराउनु तथा बीमा गर्नुका बहुआयामिक फाइदा बुझाएर बीमा क्षेत्रलाई फराकिलो बनाउनु यस कार्यक्रमको अर्को लक्ष्य रहेको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।

One thought on “कर्णाली प्रदेशस्तरीय वित्तीय सम्मेलनमा बीमा समितिको सहभागीता

  1. प्रकाश शाही says:

    कहिले क कस्को सहभागीता मा यस्ता कार्यक्रम हुने गर्छन ? नेपालको पहिलो निर्जीवन बिमा कम्पनी नेपाल इन्स्योरेन्स को उपस्थिति बिना का यस्ता कार्यक्रमको के सार्थकता होला ??????

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*