फेरी तोलामा ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

२७ फाल्गुन २०७८, शुक्रबार ११:०४

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य फेरी उकालो लागेको छ । हिजो तोलामा ३ हजार ५ सय रुपैयाँले घटेको सुन आज भने तोलामा ६ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख २ हजार ६ सय रुपैयाँ र तेवाजी सुनको मूल्य प्रतितोला १ लाख २ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख २ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँ कायम गरिएको थियो ।

त्यस्तै, बिहिबार प्रतितोला १ हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको चाँदी शुक्रबार भने तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*