सिद्धार्थ बैंकद्धारा शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई १५ लाख रुपैयाँ आर्थिक सहयोग
२६ फाल्गुन २०७८, बिहीबार १७:५६
काठमाडौं । सिद्धार्थ बैंकले शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई आर्थिक सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौंमा रहेको हृदय केन्द्रलाई १५ लाख रुपैयाँ सहयोग गरेको हो ।
उक्त रकम बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेलले हृदय केन्द्रका कार्यकारी निर्देशक डा चन्द्र मणि अधिकारीलाई हस्तान्तरण गरेका हुन ।
सो सहयोगले हृदय केन्द्रमा सर्जिकल वार्ड बिस्तार गरी बेडहरु थप गर्ने मद्दत पुग्नुका साथै मुटुरोगी बीरामीहरलाई केही हदमा सहयोग पुग्ने विश्वास बैकले लिएको छ ।