नक्कली ग्यारेन्टि पत्रको मिलेमतोमा राष्ट्रिय वाणिज्य बैंकका शाखा प्रबन्धकसहित ४ जना विरुद्ध मुद्धा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४ जनाविरुद्ध काठमाडौं विशेष अदालतमा मुद्धा दायर गरेको छ । अख्तियारले राष्ट्रिय वाणिज्य बैंकका तत्कालिन शाखा प्रबन्धकसहित चार जना विरुद्ध भ्रष्टाचारको आरोपमा मुद्धा दायर गरेको हो ।
दाङको सडक कार्यालय अन्तर्गत ठेक्कापट्टामा पेश्की लिन मिलेमतो गरेको सम्बन्धीत निर्माण व्यवसायी वि.टी निर्माण सेवा, टौदह कन्स्ट्रक्सन, फस्कु निर्माण सेवा र जे.भि काठमाडौंले पेश गरको जमानत नक्कली भएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान गर्दा सो कम्पनीका सम्बन्धीत व्यक्तिहरुले भ्रष्टाचार गरेको खुलेको हो ।
मुद्धा दायर हुनेमा जुम्लाका तत्कालिन शाखा प्रबन्धक रामजनक चौधरी, बि.टी निर्माण सेवाका तत्कालिन निर्देशक माधव प्रसाद भण्डारी, फस्कु निर्माण सेवाका प्रोपाइटर अर्जुन बहादुर बुढाथोकी, टौदह कन्स्ट्रक्सन र ठेक्का नंं ०३–०७०।०७१ का लागि जे.भी.का प्रतिनिधी पुन्न बहादुर शाही रहेका छन् ।