आयल निगमको कार्यकारी निर्देशका लागि ३ जनाको नाम सिफारिस

२६ फाल्गुन २०७८, बिहीबार १६:४९

काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि तीनजनाको नाम सिफारिस गरिएको छ । बुधबार निगमको कार्यकारी निर्देशक नियुक्तिका लागि गठन भएको सिफारिस समितिको बैंठकले तीन जनाको नाम मन्त्रीपरिषदमा सिफारिस गरेको हो ।

समितिले सिफारिस गरको तीनजनामा गोरखाका चण्डिकाप्रसाद भट्ट, तेह्रथुमका जीवनप्रसाद सिटौला र सुर्खेतका उमेश प्रसाद थानी रहेका छन् । निगमले खुल्ला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशकको पदपूर्तिका लागि पुस २५ गते दरखास्त आव्हान गरेकोमा १७ जनाको आवेदन परेको थियो । जसमा समितिले तीनजनाको नाम सिफारिस गरेको हो ।

अब बस्ने मन्त्री परिषदको बैंठकले निगमको कार्यकारी निर्देशन नियुक्त गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*