माउन्टेन इमर्जीङसहित यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

२६ फाल्गुन २०७८, बिहीबार १५:३०

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से ५२.२१ अकंले बढेको छ । हिजो राताम्य रहेको नेप्सेमा आज भने सुधार आएको हो ।

बिहिबार पूँजी बजारमा नेप्सेमा सूचिकृत २२६ कम्पनीको ५६ लाख १० हजार ६३१ कित्ता शेयर किनबेच भएको थियो । आज नेप्सेमा सुधार आउदा कारोबार भने २ अर्ब ७९ करोड १८ लाख ७२ हजार ९६९ रुपैयाँमा सिमित भएको छ ।

आज कारोबार साढे २ अर्बमा सीमित हुदाँ माउन्टेन इमर्जीङ नेपालले सर्वाधिक गुमाएको छ । कम्पनीको शेयर आज ३.०८ प्रतिशतले घटेको हो ।

त्यस्तै, नेपाल दुरसंञ्चार कम्पनीको २.०२ प्रतिशत, बोटलर्स नेपालको १.८३ प्रतिशत, आइसिएफसी फाइनान्स डिबेञ्चरको १.३६ प्रतिशत, गुडविल फाइनान्स डिबेञ्चरको १.३६ प्रतिशत र लक्ष्मी इक्विटी फण्डको १.१७ प्रतिशतले घटेको हो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*