इमर्जिङ पावरको शेयरमा सर्किट, यी हुन आज सर्वाधिक कमाउने कम्पनी

२६ फाल्गुन २०७८, बिहीबार १५:१८

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्सेमा हरियाली छाएको छ । अघिल्लो कारोबारको दिन ३० अकंले घटेको नेप्से आज भने ५२.२१ अकंले बढेको हो ।

पूँजी बजारमा नेप्सेमा सूचिकृत २२६ कम्पनीको ५६ लाख १० हजार ६३१ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब ७९ करोड १८ लाख ७२ हजार ९६९ रुपैयाँको कारोबार भएको छ ।

आज नेप्सेमा सुधार आएपनि कारोबार भने खासै बढ्न सकेन । नेप्सेमा सुधार आउँदा अधिकांश कम्पनीको शेयरमूल्यमा सुधार आएको हो । बिहिबार इमर्जिङ पावरको शेयरमा सर्किट लागेको छ ।

त्यस्तै, कर्णाली डेभलपमेन्ट बैंकको ८.८९ प्रतिशत, नेपाल हाइड्रो डेभलोपर्सको ८.६५ प्रतिशत, प्रोगेशिभ फाइनान्सको ८.५३ प्रतिशत र ज्योति विकास बैंकको ८.४७ प्रतिशतले बढेको हो ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*