एनसिएचएल कर्पोरेट पे मार्फत दुई अर्बसम्मको सरकारी राजस्व भुक्तानी गर्न पाउने
काठमाडौं । एनसिएचएल बैंक सेन्ट्रल कर्पोरेटपे प्रणाली मार्फत दुई अर्बसम्मको सरकारी राजस्व भुक्तानी गर्न पाउने भएको छ। क्लियरिङ्ग हाउसद्वारा सञ्चालन गर्दै आएको कर्पोरेटपे प्रणालीमार्फत पठाउने र पाउने बैंक÷वित्तीय संस्था एउटै रहेको खण्डमा २ अर्बसम्मको सरकारी राजस्व भुक्तानी गर्न सकिने भएको हो ।
विभिन्न सरकारी निकाय तथा बैंक वित्तीय संस्थाको समन्वय एवम् नेपाल राष्ट्र बैंकको स्वीकृती पश्चात एनसिएचएलले कारोबार सीमा वृद्धि गरेको हो ।
यस्तै बैंक÷वित्तीय संस्थाका ग्राहकहरुले कर्पोरेट पे मार्फत पब्लिक नेटवर्कबाट अन–अस(पठाउने र पाउने बैंक÷वित्तीय संस्था एउटै रहेको खण्डमा) मा १ करोड र प्राइभेट नेटवर्कबाट अन–असमा ५ करोडसम्म भुक्तानी गर्न सक्नेछन् ।
एनसिएचएलको अनुसार वृद्धि गरिएको प्रति कारोबार सीमा पठाउने बैंक÷वित्तीय संस्था फरक रहेको खण्डमा हाल कायम रहेको नन रियल टाइम भुक्तानी ३० करोडसम्म र रियल टाइम भुक्तानी २० लाखसम्म नै लागू हुनेछ ।